१० पुस २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या २०९९ पुग्यो, आज थपिए कोरोनाका नयाँ २८८ संक्रमित


डा. विकास देवकोटा

काठमाडौँ, जेठ २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २८८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा रौटहटका ७४ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

साथै दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । आज २८८ कोरोना संक्रमितहरुमध्ये २७० जना पुरुषहरु र १८ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २६६ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । नेपालमा अहिलेसम्म २०९९ कोरोना संक्रमितहरुमध्ये १९४९ जना पुरुषहरु र १५० जना महिलाहरु रहेका छन् । नेपालमा ६१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा २६६ जनाले जिते कोरोना, थप ४५ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !