१८ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएकी हुन् । मकवानपुरकी १ जना महिला डिस्चार्ज भएसंगै संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो, आज थपिए कोरोनाका नयाँ १६६ संक्रमित