१५ असार २०८१, शनिबार

काठमाडौंको सोह्रखुट्टेमा भेटिए नयाँ कोरोना संक्रमित


कोरोना संक्रमित

११ जेठ, काठमाडौं । आज काठमाडौं जिल्लाको सोह्रखुट्टेमा १ जना नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९ जनामा पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार मोरङ, बारा, पर्सा, रौटहट, सर्लाही, रुपन्देही, कपिलवस्तु, गुल्मी, काठमाडौं र नुवाकोट गरी आज १० जिल्लामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये ५२४ जना पुरुषहरु र ७९ जना महिलाहरु रहेका छन् ।

नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ८७ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ४२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नुवाकोटमा जिल्लामा पनि पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटमा देखियो पहिलो पटक कोरोना संक्रमण

नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए कोरोनाका नयाँ १९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !