१६ जेष्ठ २०८१, बुधबार

नेपालमा अहिलेसम्म ८७ जनाले जिते कोरोना भाइरस


डा. विकास देवकोटा

काठमाडौँ, जेठ ११ । नेपालमा उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

शनिबार पुनः संक्रमण देखिएका २ जनासहित ९ जना कोरोनामुक्त भएर वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई साँझ डिस्चार्ज गरिएको हो । पुन: संक्रमित भएर अस्पताल भर्ना हुने २ जना बाहेक अन्य नयाँ ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किन सफल भएका हुन् ।

डिस्चार्ज हुनेमा २ जना पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका थिए । जसमा रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक हुन् । निको भएर डिस्चार्ज गरेपनि पुनः संक्रमण देखिएपछि रौतहटका युवकलाई गत बैशाख २० गते र भारतीय नागरिकलाई २१ गते अस्पताल ल्याइएको थियो । आज उनीहरूसँगै बाराका २, पर्साका ३ र रौतहटका २ जना पुरुषहरु पनि डिस्जार्ज भएका थिए ।

साथै रुपन्देहीको बुटवल धागो कारखानामा रहेको आइसोलेसन अस्पतालमा उपचाररत १० जनालाई पनि शनिबार डिस्चार्ज गरिएको थियो । बुटवलको कोरोना विशेष अस्पतालबाट शनिबार एकसाथ घर फर्किने सबै कपिलवस्तुका हुन् । भारतबाट लुकिछिपी गाउँ आएर क्वारेन्टाइनमा बसेका उनीहरूलाई २ साताअघि संक्रमण देखिएपछि कोरोना विशेष अस्पताल ल्याइएको थियो ।

दुईपटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले हिजो जानकारी दिएका थिए । यसरी हिजो ७ जना र १० जना गरी जम्मा १७ जना अस्पतालवाट डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ८७ पुगेको हो । यसअघि जेठ ९ आज एकै पटक २१ जना अस्पतालवाट डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ७० थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये ५२४ जना पुरुषहरु र ७९ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ४२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ भने आज आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए कोरोनाका नयाँ १९ संक्रमित

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !