२१ बैशाख २०८१, शुक्रबार

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रीको तरिकाले नेपालको स्थिति भयावह हुन्छ : गगन थापा


गगन थापा

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरसको विषयमा आफ्नो केहि भनाइ पेजमा स्टाटसमार्फत व्यक्त गरेका छन् । नेता थापाले कोरोना भाइरसको टेस्ट र ट्रेसमा सुधार गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएका छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेता थापाले कपन,नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसकाे गति र तरिका देखेर तर्सिएको समेत बताए ।

नेता थापाले लेखेका छन्, “मेरो क्षेत्रको कपन,नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसकाे गति र तरिका देखेर तर्सिएको छु । स्वास्थ्यमन्त्रीज्यू ,सुरुदेखि मैले उठाउँदै आएको यो विषय गम्भीरतापूर्वक लिनुभएन । अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !