१५ असार २०८१, शनिबार

बाँके र कपिलवस्तुका ३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित ४५७


काठमाडौँ, ९ जेठ । कोरोना भाइरसको सङ्क्रमण फेरि ३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार २ पुरुष र १ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।

बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष छन् । अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् ।

बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !