७ मंसिर २०८१, शुक्रबार

कोरोना सङ्क्रमित बस्ने भक्तपुरको द्यौला बस्ती ‘सिल’


स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले ‘सिल’ गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उहाँलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको छ ।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !