७ जेष्ठ २०८१, सोमबार

आज एकैदिन देशभर ८० जनामा देखियो कोरोना संक्रमण


५ जेठ, काठमाडौं । आज एकैदिन देशभर ८० जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमवार राती १०:१५ बजे सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाको अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापा जिल्लामा कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ संक्रमण पुष्टि भएकाहरुमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका १/१ जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमवार बिहान ८:४५ सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनसार आज दिउसो ५३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । उनका अनुसार बाँके, मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ, धादिङ जिल्लाका मानिसमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका १ जना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

तसर्थ बिहान ९ जना, दिउसो ५३ जना गरी ६२ जना र राती १८ जनामा कोरोना संक्रमण पुष्टि भएर आज कोरोना संक्रमितको संख्या ८० जना पुगेको हो । आज सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको हो । आज सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।  नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना संक्रमण

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ १८ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !