१९ असार २०८१, बुधबार

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या पुग्यो ६३


कोरोना भाइरस

लण्डन, ३ जेठ । कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !