८ पुस २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या २८१ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित


कोरोना पोजेटिभ

३ जेठ, काठमाडौं । नेपालमा आज राती कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार काठमाडौं को टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार धनुषा र सिन्धुपाल्चोक जिल्लामा नयाँ संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार धनुषा निवासी २० र ६५ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा धनुषाका २ जना कोरोना संक्रमितहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् । तर सिन्धुपाल्चोकमा संक्रमित महिलाको भने नेपालमा पहिलो पटक कोरोना संक्रमणवाट मृत्यु भई सकेको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २७८ थियो भने आज शनिवार राती फेरि थप ३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना प्रेस विज्ञप्ति

 

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २७८ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २ संक्रमित

नेपालमा संक्रमितको संख्या २७६ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित

नेपालमा संक्रमितको संख्या २७३ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !