४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरोनालाई जित्नेको संख्या पुग्यो २८, आज कैलालीमा फेरि १ जना भए डिस्चार्ज


सेती अञ्‍चल अस्पताल

२६ वैशाख, कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज निको भएका घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २८ पुगेको छ । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन् ।

लगातार २ पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी-५ की ३४ वर्षीया महिलालाई शुक्रबार अस्पतालवाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो । दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालको पहिलो स्थानीय कोरोना संक्रमित उनी चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् । तर एकपटक कोरोना निको भएर घर फर्किनेको संख्या ३१ भएतापनि ३ जनामा पुन: कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भई फेरि उनीहरुको सम्वन्धित अस्पतालमा उपचार भईरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोनालाई जित्नेको संख्या पुग्यो २७, आज विराटनगरमा फेरि ८ जना भए डिस्चार्ज


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !