२० बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ५९ पुग्यो, रुपन्देही र बाँकेमा पनि भेटिए कोरोनाका २ संक्रमित


कोरोना पोजेटिभ

१८  वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । उनीहरु दुवै स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यसअघि नेपालमा संक्रमितको संख्या ५७ पुगेको थियो भने आज २ जना थपिएसंगै ५९ जना पुगेको हो । नेपालमा अहिलेसम्म १६ जना उपचारपछि निको भएका छन् । जस अनुसार पुरुष ४९ र महिला १० गरेर संक्रमित रहेको मन्त्रालयले बताएको छ । जसमा ४३ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भईरहेको र सवैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो, आज थपिए कोरोनाका ३ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !