८ पुस २०८१, सोमबार

नेपालमा कोरोना संक्रमित २ जना निको भएर फर्किसके घर, २८ जना उपचाररत


दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती

६ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित २ जना निको भएर घर फर्किसकेका छन् भने २८ जना उपचाररत देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

जस अनुसार चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् भने आज दोस्रो कोरोना संक्रमित काठमाडौँकी १९ वर्षीया युवती आज उपचारपछि निको भएर घर फर्किएकी हुन् ।

नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये २ जना निको भएर घर फर्किएका हुन् । नेपालकी दोस्रो कोरोना संक्रमित काठमाडौँकी १९ वर्षीया युवतीलाई गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भई आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।

उनी आज शनिबार उक्त अस्पतालबाट निको भएर डिस्चार्ज भई घर फर्किएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको र आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।

दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट प्रसिद्धि श्रेष्ठ काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !