५ जेष्ठ २०८१, शनिबार

आशङ्का गरिएकाको नतिजा नेगेटिभ


कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ४ वैशाख । ¥यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिनुभयो ।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।

यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । उनीसँगै हङकङ हँुदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिनुभयो ।

कैदीको मृत्यु
कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको आज राति मृत्यु भएको हो । अर्बुदरोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट चितवन पठाइएको थियो । पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !