सर्लाही, ३ वैशाख । चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई र्यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमखु जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । भरतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको सोमबार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा दुवै जनाको निपोर्ट नेगेटिभ आएको प्रजिअ जिसीले बताउनुभयो । सर्लाहीको २० स्थानीय तहले ३७ स्थानमा ३८३ श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् । हाल ती क्वारेन्टाइनमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९२ जनालाई राखिएको छ ।