५ जेष्ठ २०८१, शनिबार

अमेरिकामा २६ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख भन्दा बढी


अमेरिकामा कोरोनावाट मृत्यु

एजेन्सी, वैशाख ३ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ लाख भन्दा बढीपुगेको छ ।

हिजो मंगलबार एकैदिन २ हजार भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । मंगलबार २४ सय भन्दा बढीको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो ।

साथै अमेरिकामा संक्रमितको संख्या पनि ६ लाख भन्दा बढी पुगेको छ भने अहिलेसम्म ६ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला केहि दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।

इपिसेन्टर न्यूयोर्कमा मंगलबार थप ७७८ जनाको मृत्यु भएसँगै राज्यमा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८३४ पुगेको छ । यस्तै त्यहाँ संक्रमितको संख्या २ लाख ३ हजार भन्दा बढी पुगेको छ । यस्तै न्यू जर्सीमा अहिलेसम्म २८ सय पाँच, मिसिगनमा १७ सय ६८ तथा लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !