५ असार २०८१, बुधबार

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि


सनसिटी अपार्टमेन्ट

२ वैशाख, काठमाडौं । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले गर्दा अहिले विश्व नै तरंगित बनाएको छ । भाइरसका कारणले गर्दा नेपालमा पनि दिनदिनै संक्रमित संख्या बढ्दै गएको छ ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १ जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये छोरा र आमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ र कोरोना संक्रमण पुष्टि भएको हो । साथै बाँकी बुहारी १ जनाको भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !