२१ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि


वीरगन्जको नारायणी उप- क्षेत्रीय अस्पताल

२९ चैत, काठमाडौं । नेपालमा थप ३ जनाको कोरोना भाइरस पोजेटिभ देखिएको छ । वीरगन्जको नारायणी उप- क्षेत्रीय अस्पतालमा उपचाररत उनीहरुको नमुना संकलन गरी हेटौंडा स्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि काठमाडौंको टेकु अस्पतालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउदा पुन: पोजेटिभ देखिएको हो ।

पर्साको वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये ३ जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको थियो ।

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज-२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज-२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भएपनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

उनीहरुले आफूहरु चार महिनादेखि नेपालमा रहेको अस्पतालमा बताएका थिए । स्थानीयहरुले ९/१० दिनअघि मात्र यी धर्म गुरुहरु मस्जिदमा आएको बताएका छन् ।

यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ । अहिले केहिबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !