१२ आश्विन २०८१, शनिबार

सेती अञ्‍चल अस्पतालमा परीक्षण गरिएका ६५ मध्ये ४ जनाकाे रिपाेर्ट ‘पाेजेटिभ’


सेती अञ्‍चल अस्पताल

चैत २५, २०७६ कैलाली । सेती प्रदेशिक अस्पतालले कैलालीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको बताएकाे छ । अस्पतालले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

अस्पतालका अनुसार हालसम्म उपचाररत बिरामीको संख्या २९ पुगेकाे र प्रयोगशालामा जम्मा ६५ जनाको परीक्षण गरिएको हाे । अस्पतालका अनुसार हालसम्म ५० जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ । त्यस्तै रिपोर्ट आउन बाँकी ११ जना रहेकाे अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताएका छन् ।

उनका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन् । पोजेटिभ देखिएका ४ जना पुराना संक्रमित सहित ५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताएका छन् ।

सेती अञ्‍चल अस्पताल विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !