३ आश्विन २०८१, बिहीबार

नुवाकोटमा २४४ एकान्तबास स्थापना


क्वारेन्टाइन

बेत्रावती, १६ चैत । कोभिड-१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न क्वारेन्टाइन मा २४४ शय्याको क्वारेन्टाइन (एकान्तबास) निर्माण गरिएको छ ।

कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका बाह्रै स्थानीय तहले आवश्यकताका आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याइएको जनाएका छन् । तत्कालका लागि स्थानीय तहले चारदेखि ७५ शय्यासम्मको एकान्तबास निर्माण गरेका छन् ।

स्थानीतयहले सञ्चालनमा ल्याएको एकान्तबासलाई सरकारले हालै जारी गरेको मापदण्ड अनुसार व्यवस्थापन मिलाउन जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ द्रोण पोखरेलले स्थानीय तहलाई स्मरण गराइएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !