७ बैशाख २०८१, शुक्रबार

चिनियाँ कम्पनीले कोरोना परीक्षण गर्न दिएका २००० टेस्ट किट आउँदै


टेस्ट किट

चैत १३, काठमाडौं । छिमेकी राष्ट्र चीनको बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरो कम्पनीले कोरोना भाइरस परीक्षणका लागि दिने भनिएका २००० टेस्ट किट रसुवागढी नाका हुँदै नेपाल ल्याइने भएको छ । उक्त टेस्ट किट बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग हस्तान्तरण गरिएको बताइएको छ ।

चीन सरकारले पनि नेपालका लागि विशेष सहयोग पठाउने जनाएको छ । त्यस्तै अलिबाबा फाउन्डेसनले पठाउन लागेका मास्क सहितका स्वास्थ्य सामाग्री पनि आइतवारसम्म नेपाल आइपुग्नेछ । म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोका लागि काठमाडौंमा सक्रिय इन्टरनेशनल इन्भेस्टमेन्ट एण्ड कोअपरेशन कन्सल्टिङ कम्पनीले कोरोना परीक्षणमा समस्या भएको थाहा भएपछि ती टेस्ट किट सहयोग गरिएको हो ।

यी टेस्ट किटबाट २००० जनाकै कोरोना परीक्षण गर्न सकिनेछ । बेइजिङस्थित नेपाली दूतावास रसुवागढी नाका हुँदै ती सामान केही दिनमा नेपाल आइपुग्ने छन् । सरकारले बुधबार अत्यावश्क सहयोग सामाग्री ल्याउन चीनसँग जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने निर्णय लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !