२३ बैशाख २०८१, आइतबार

कोरोना भाइरस महामारी : इटलीमा मृतकको संख्या पुग्यो ५,४७६


कोरोना भाइरस इटलीमा मृत्यु

१० चैत, काठमाडौं । इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५,४७६ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनमा भने ३२७० पुगेको छ । इटलीमा चीनमा भन्दा २२०६ ले बढी हो ।

कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६५१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५,४७६ पुगेको छ । शनिबार यहाँ ७९३ को मृत्यु भएको थियो । कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १४६५४ जनाको मृत्यु भइसकेको छ ।

मृतकको संख्या दिनानुदिन वृद्धि भएपछि इटलीको सरकारले अमेरिकाका रक्षा सचिव मार्क एस्परलाई सहयोगका लागि प्रत्यक्ष अपिल गरेको छ । अमेरिकी रक्षा अधिकारले यसबारे जानकारी दिएका हुन् । इटलीका रक्षामन्त्रीले एस्परलाई चिकित्सा उपकरण जस्तै, मास्क र भेन्टिलेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

साथै इटलीको सरकारले इटलीमा भएका अमेरकी सैनिकलाई स्वास्थ्यकर्मी प्रदान गरिदिन र कोरोना विरुद्ध लडिरहेका इटलीका सैनिकलाई ‘फिल्ड हस्पिटल’ प्रदान गरेर सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !