२२ बैशाख २०८१, शनिबार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तेस्रोपटक कोरोना संक्रमण


जनार्दन शर्मा फाइल फोटो

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वअर्थमन्त्री शर्मालाई तेस्रोपटक कोरोना संक्रमण पुष्टि भएको हो ।

शर्माले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । शर्माले पहिलो र दोस्रो पटकको संक्रमणजस्तो तेस्रोपटक समस्या नदेखिएको पनि स्पष्ट पारेका छन् ।

उनले लेखेका फेसबुकमा लेखेका छन्, ‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित । पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभयपनी कोभिड त कोभिड नै रहेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !