१४ बैशाख २०८१, शुक्रबार

घट्दै कोरोना संक्रमण : ५९ जनामा पुष्टि, १६१ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७५३ जनामा पिसिआर परिक्षण गर्दा २५ जना र ११२९ जनामा एन्टीजेन परिक्षण गर्दा ३४ जना गरी जम्मा २८८२* नमुनाको परीक्षण गर्दा ५९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८५ हजार ३९५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट १२ हजार १६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ९ जना, ललितपुर जिल्लामा २ जना र भक्तपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर १८३० जना सक्रिय कोरोना संक्रमितमध्‍ये १७६६ जना होम आइसोलेसनमा रहेका छन् भने ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८ जना आईसीयूमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५९ लाख २० हजार ९७७ पिसिआर परीक्षण भएको छ भने १३ लाख ९७ हजार १०९ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !