२१ बैशाख २०८१, शुक्रबार

एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, २०६ जनामा पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट १२ हजार ५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५९५ जनामा पिसिआर परिक्षण गर्दा १३४ जना र १२७४ जनामा एन्टीजेन परिक्षण गर्दा ७२ जना गरी जम्मा २८६९* नमुनाको परीक्षण गर्दा २०६* जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८२ हजार ७६४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ५९ जना, ललितपुर जिल्लामा ८ जना र भक्तपुर जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर २८९१ जना सक्रिय कोरोना संक्रमितमध्‍ये २७३५ जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ९३ हजार ५३० पिसिआर परीक्षण भएको छ भने १३ लाख ६१ हजार ४८४ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !