२१ बैशाख २०८१, शुक्रबार

देशभर थप १७३ जनामा कोरोना पुष्टि, ३९६ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४३ जनामा पिसिआर परिक्षण गर्दा ६५ जना र २१९६ जनामा एन्टीजेन परिक्षण गर्दा १०८ जना गरी जम्मा २८३९* नमुनाको परीक्षण गर्दा १७३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८१ हजार ५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९९९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा २१ जना, ललितपुर जिल्लामा ८ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर ३६१२ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ३४३२ जना होम आइसोलेसनमा रहेका छन् भने १८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४३ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ८२ हजार ६७१ पिसिआर परीक्षण भएको छ भने १३ लाख ५० हजार २३२ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !