२१ बैशाख २०८१, शुक्रबार

देशभर थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८०६ जनामा पिसिआर परिक्षण गर्दा २४२ जना र २३७१ जनामा एन्टीजेन परिक्षण गर्दा २४५ जना गरी जम्मा ४१७७* नमुनाको परीक्षण गर्दा ४८७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७९ हजार ९३८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९९५ जनाको मृत्यु भईसकेको छ ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !