२१ बैशाख २०८१, शुक्रबार

देशभर थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८१६ जनामा पिसिआर परिक्षण गर्दा २०२ जना र १६०७ जनामा एन्टीजेन परिक्षण गर्दा ८४ जना गरी जम्मा ३४२३* नमुनाको परीक्षण गर्दा २८६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७८ हजार ९०१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९९२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ११६ जना, ललितपुर जिल्लामा १२ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर ४३४८ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ४१५५ जना होम आइसोलेसनमा रहेका छन् भने १९३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५१ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ७० हजार ४१५ पिसिआर परीक्षण भएको छ भने १३ लाख ३५ हजार ४११ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !