२५ बैशाख २०८१, मंगलबार

देशभर एकैदिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ५९० जना र एन्टीजेन परिक्षणबाट ३२५ जना गरी जम्मा ९१५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै गएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण बढेको छ । हिजो देशभर ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७० हजार ९२६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !