२१ बैशाख २०८१, शुक्रबार

देशभर एकैदिन ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०८४ जनामा पिसिआर परिक्षण गर्दा ४५३ जना र १७१६ जनामा एन्टीजेन परिक्षण गर्दा ११५ जना गरी जम्मा ४८००* नमुनाको परीक्षण गर्दा ५६८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै गएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण बढेको हो । हिजो देशभर ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६८ हजार ५८४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९५७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५८ लाख २ हजार १४३ पिसिआर परीक्षण भएको छ भने १२ लाख ६६ हजार १३८ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर ३५३४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !