२१ बैशाख २०८१, शुक्रबार

एकैदिन ३३५ जनामा कोरोना पुष्टि, लगभग ३ हजार पुगे सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०८८ जनामा पिसिआर परिक्षण गर्दा २१६ जना र १९०८ जनामा एन्टीजेन परिक्षण गर्दा ११९ जना गरी जम्मा २९९६* नमुनाको परीक्षण गर्दा ३३५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै गएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण घटेको हो । हिजो देशभर ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६८ हजार ३९४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५७ लाख ९६ हजार ६९९ पिसिआर परीक्षण भएको छ भने १२ लाख ६२ हजार ८९४ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर २९७१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !