२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा २१८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो


सफा काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६३ जना, ललितपुर जिल्लामा ४५ जना र भक्तपुर जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १ हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ११३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २३४१ जनामा पिसिआर परिक्षण गर्दा ३८६ जना र २३१० जनामा एन्टीजेन परिक्षण गर्दा ७१ जना गरी जम्मा ४६५१* नमुनाको परीक्षण गर्दा ४५७* जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै र घट्दै उतार-चढाव हुने गरेको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण बढेको हो । हिजो देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८० हजार ६४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !