८ जेष्ठ २०८१, मंगलबार

आज पनि बढ्यो कोरोना संक्रमण, एकैदिन २०६ जनामा पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०८२ जनामा पिसिआर परिक्षण गर्दा १७७ जना र १०९३ जनामा एन्टीजेन परिक्षण गर्दा २९ जना गरी जम्मा ३१७५* नमुनाको परीक्षण गर्दा २०६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हिजो भन्दा आज देशभर कोरोना संक्रमण पनि बढेको छ । नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या २०० जना नाघेको हो । हिजो देशभर १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ८१० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५७ लाख ७८ हजार ६७४ पिसिआर परीक्षण भएको छ भने १२ लाख ४४ हजार ८३५ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर १००५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !