२२ बैशाख २०८१, शनिबार

२४ घण्टामा थप ७३ जनामा कोरोना पुष्टि, मृत्यु शून्य


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२३८ जनामा पिसिआर परिक्षण गर्दा ३० जना र २८२४ जनामा एन्टीजेन परिक्षण गर्दा ४३ जना गरी जम्मा ५०६२* नमुनाको परीक्षण गर्दा ७३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ८७८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १२ जना, ललितपुर जिल्लामा ३ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ७७ हजार ४४० पिसिआर परीक्षण भएको छ भने १० लाख ९३ हजार ४२ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ५ हजार ५० जना सक्रिय कोरोना संक्रमितमध्‍ये ४ हजार ९४९ जना होम आइसोलेसनमा रहेका छन् भने १०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८६ लाख ११ हजार ६२६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८३ लाख ९९ हजार ४५१ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १६ लाख ३८ हजार ५३६ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८६ लाख ४९ हजार ६१३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !