२२ बैशाख २०८१, शनिबार

२४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८०१ जनामा पिसिआर परिक्षण गर्दा ७७ जना र २५२७ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी जम्मा ९३२८* नमुनाको परीक्षण गर्दा ११२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ४९७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९४९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २१ जना, ललितपुर जिल्लामा ७ जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ६९ हजार ५९५ पिसिआर परीक्षण भएको छ भने १० लाख ८७ हजार ८४४ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ३४० जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५ हजार २३० जना होम आइसोलेसनमा रहेका छन् भने ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३४ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८५ लाख ९५ हजार ३१३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८२ लाख ८७ हजार ६५७ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १५ लाख ३२ हजार ५९३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८४ लाख १५ हजार ५६३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !