२२ बैशाख २०८१, शनिबार

देशभर थप १९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६३३८ जनामा पिसिआर परिक्षण गर्दा ७४ जना र २७५६ जनामा एन्टीजेन परिक्षण गर्दा १२० जना गरी जम्मा ६३९४* नमुनाको परीक्षण गर्दा १९४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५९ हजार ८१७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९४९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६ जना र ललितपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ५५ हजार ८५८ पिसिआर परीक्षण भएको छ भने १० लाख ८२ हजार १६१ एन्टीजेन परीक्षण गरिएको छ भने ११० जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ८७५ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५ हजार ७४५ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८५ लाख ६४ हजार २३३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८१ लाख ५१ हजार ३६५ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १४ लाख ७६ हजार ८२२ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८१ लाख ९२ हजार ४२० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !