२१ बैशाख २०८१, शुक्रबार

देशभर थप ९१ जनामा कोरोना संक्रमण, ३६२ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६६२ जनामा पिसिआर परिक्षण गर्दा ६७ जना र ३५५८ जनामा एन्टीजेन परिक्षण गर्दा २४ जना गरी जम्मा ६२२०* नमुनाको परीक्षण गर्दा ९१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९४५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५४ लाख ४२ हजार ९४० पिसिआर परीक्षण भएको छ भने १० लाख ७५ हजार ११८ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ६ हजार ९४७ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ६ हजार ८१६ जना होम आइसोलेसनमा रहेका छन् भने १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५३ जना आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८५ लाख २६ हजार ७९२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७८ लाख ४३ हजार ९८० जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १३ लाख १२ हजार ११८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !