२१ बैशाख २०८१, शुक्रबार

नेपालमा दैनिक संक्रमितको संख्या २० हजारसम्म पुग्न सक्ने आंकलन


नेपालमा कोरोना

काठमाडौं । नेपालमा दैनिक कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २० हजारसम्म पुग्न सक्ने आंकलन गरिएको छ । स्वास्थ्य मन्त्रालयले दैनिक कोरोना संक्रमितको संख्या २० हजारसम्म पुग्न सक्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रिफिंग कार्यक्रममा आज स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले संक्रमण अहिले कोभिड संक्रमणको अहिले नेपाल तेस्रो लहरको चरम विन्दुमा पुग्दै गरेको र आगामी दिनमा दैनिक संक्रमितको संख्या २० हजारसम्म पुग्सक्ने बताए ।

उनले अबको एक साता संक्रमण उच्च विन्दुमा पुग्ने र माघको तेस्रो सातादेखि कोभिड संक्रमण ओरालो लाग्दै जाने आंकलन गरिएको बताए । कोरोना संक्रमण उत्कर्षमा पुगेपछिका केही हप्ता स्थिर रहने र त्यसको ४ देखि ६ हप्तामा संक्रमण घटेर जाने पौडेलले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा १८०७८ जनामा परिक्षण गर्दा ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो एकैदिन कोरोना संक्रमण पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संख्या हो ।

नेपालमा कोरोना संक्रमणदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !