२३ बैशाख २०८१, आइतबार

देशभर एकैदिन १०२५८ जनामा कोरोना संक्रमण पुष्टि


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७८७२ जनामा पिसिआर परिक्षण गर्दा ८७३० जना र ४९५६ जनामा एन्टीजेन परिक्षण गर्दा १५२८ जना गरी १०२५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६२४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४००४ जना, ललितपुर जिल्लामा ९७५ जना र भक्तपुर जिल्लामा ५७० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५० लाख ३६ हजार १२० पिसिआर परीक्षण भएको छ भने ८ लाख ९६ हजार २ एन्टीजेन परीक्षण गरिएको छ भने १०० जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ५९ लाख ६७ हजार ३८० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २३ लाख ४७ हजार ३०४ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ८३ लाख २२ हजार ८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !