६ बैशाख २०८१, बिहिबार

गण्डकीका पूर्वमुख्यमन्त्री एवं एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण


पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण भएको हो ।

सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा रहेका छन् । आजै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि संक्रमण पुष्टि भएको थियो ।

यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्य लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !