२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री कार्यालयका ३ सचिवसहित ४० कर्मचारीमा कोरोना


सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवसहित ४० जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । २०० जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीसीका प्रमुख रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिवहरु रामप्रसाद थपलिया र कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

प्रधानमन्त्री कार्यालका सचिव थपलिया र ढुंगानालाई भने केही दिनअघि नै संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालयका २ सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली बोलाएर कार्यालयमा नै पीसीआर परीक्षण गराएको थियो ।

थप केही कर्मचारीको आइतबार परीक्षण गरिएकाले उनीहरुको रिपोर्ट आउन बाँकी छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री कार्यालयले संक्रमित तथा सामान्य ज्वरो तथा रुघाखोकी लागेका कर्मचारीलाई घरमै बस्न आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !