२३ बैशाख २०८१, आइतबार

एकैदिन ६७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४०१४ जनामा पिसिआर परिक्षण गर्दा ५७४७ जना र ३४५१ जनामा एन्टीजेन परिक्षण गर्दा ९८७ जना गरी ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १६ हजार ९८५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६२३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २९४३ जना, ललितपुर जिल्लामा ७९५ जना र भक्तपुर जिल्लामा २०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५० लाख १८ हजार २४८ पिसिआर परीक्षण भएको छ भने ८ लाख ९१ हजार ४६ एन्टीजेन परीक्षण गरिएको छ भने १०० जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ५८ लाख ९५ हजार ८२८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २२ लाख १३ हजार ३२ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ८१ लाख ८ हजार ८६० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !