७ बैशाख २०८१, शुक्रबार

माघ २ गते र माघ १४ गतेदेखि कोरोनाको ‘बुस्टर डोज’ दिइने


कोरोना खोप

काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतले आज शुक्रबार राती एक सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन लागिएको जानकारी दिएकी हुन् ।

प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी बुस्टर डोज आग्रह गरिएको छ । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

माघ २ गते र माघ १४ गतेदेखि कोरोनाको बुस्टर डोज दिइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !