२२ बैशाख २०८१, शनिबार

देशभर एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६४८ जनामा पिसिआर परिक्षण गर्दा १९८१ जना र ४३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४६३ जना गरी २४४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १४ हजार ७९८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६०७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९८० जना, ललितपुर जिल्लामा २२१ जना र भक्तपुर जिल्लामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४९ लाख ४८ हजार २३७ पिसिआर परीक्षण भएको छ भने ८ लाख ६५ हजार २२८ एन्टीजेन परीक्षण गरिएको छ भने ११३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ५२ लाख ४९ हजार १२९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड १३ लाख ३६ हजार ५३८ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ६५ लाख ८५ हजार ६६७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु