२१ बैशाख २०८१, शुक्रबार

देशभर आज ९४४ जनामा कोरोना पुष्टि, २९७ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७६२ जनामा पिसिआर परिक्षण गर्दा ६९६ जना र ३५०२ जनामा एन्टीजेन परिक्षण गर्दा २४८ जना गरी ९४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १४ हजार ६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११६०२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३६२ जना, ललितपुर जिल्लामा ९४ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४९ लाख १९ हजार ७७६ पिसिआर परीक्षण भएको छ भने ८ लाख ५४ हजार ५९५ एन्टीजेन परीक्षण गरिएको छ भने ११३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ५० लाख ३७ हजार ६५५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ११ लाख ११ हजार ४६८ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ६१ लाख ४९ हजार १२३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !