२२ बैशाख २०८१, शनिबार

देशभर थप २३६ जनामा कोरोना पुष्टि, २७२ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२६६ जनामा पिसिआर परिक्षण गर्दा २१७ जना र ४०४३ जनामा एन्टीजेन परिक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ९ हजार ६५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५७९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७६ जना, ललितपुर जिल्लामा ३६ जना र भक्तपुर जिल्लामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख ९१ हजार ४९७ पिसिआर परीक्षण भएको छ भने ७ लाख ९३ हजार १६७ एन्टीजेन परीक्षण गरिएको छ भने १०७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार १८५ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड २४ लाख ४५ हजार ९३० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९७ लाख ८२ हजार २४७ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड २२ लाख २८ हजार १७७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !