२२ बैशाख २०८१, शनिबार

देशभर थप २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२१२ जनामा पिसिआर परिक्षण गर्दा २५२ जना र २७८२ जनामा एन्टीजेन परिक्षण गर्दा २८ जना गरी २८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ७ हजार ८१६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५६५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८९ जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख ४३ हजार ७९८ पिसिआर परीक्षण भएको छ भने ७ लाख ७० हजार ४२४ एन्टीजेन परीक्षण गरिएको छ भने ९५ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !