१९ बैशाख २०८१, बुधबार

देशभर थप ३४१ जनामा कोरोना पुष्टि, ३७६ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४१६ जनामा पिसिआर परिक्षण गर्दा ३१३ जना र २८२० जनामा एन्टीजेन परिक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ७ हजार १४५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५५७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११२ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख २५ हजार १९४ पिसिआर परीक्षण भएको छ भने ७ लाख ६३ हजार ३२५ एन्टीजेन परीक्षण गरिएको छ भने ९७ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ५ हजार ८२४ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड १४ लाख ५७ हजार ३५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९३ लाख २ हजार १९ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ७ लाख ५९ हजार ५४ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !