१९ बैशाख २०८१, बुधबार

देशभर थप २५४ जनामा कोरोना पुष्टि, २३४ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२६८ जनामा पिसिआर परिक्षण गर्दा २४२ जना र २४१४ जनामा एन्टीजेन परिक्षण गर्दा १२ जना गरी २५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ६ हजार ७७८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११९ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख १४ हजार ७७८ पिसिआर परीक्षण भएको छ भने ७ लाख ६० हजार ५०५ एन्टीजेन परीक्षण गरिएको छ भने ९५ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड १३ लाख ६ हजार ९३४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९२ लाख ६४ हजार ४५६ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ९४ लाख ५३ हजार ७३० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !