१२ बैशाख २०८१, बुधबार

भारतले नेपाललाई दिएको ७ लाख २५ हजार खाेप नेपाल आइपुग्यो


कोभिशिल्ड

काठमाडौं । भारतले नेपाललाई कोभ्याक्समार्फत दिएको ७ लाख २५ हजार कोभिशिल्ड कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप आज सोमबार काठमाडौं आइपुगेको हो ।

बाँकी खोप यही साता दुई चरणमा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ । सोमबारसम्म नेपालमा ८३ लाख ८२ हजार ९९४ जनाले दुवै डोज र ९७ लाख २२ हजार ९६१ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

केही समययता कोरोना संक्रमितको संख्या घट्दै गएपछि भारतले खोप निर्यात फुकुवा गरेको थियो । पछिल्लो समय देउवा सरकारले खोप कार्यक्रमलाई तीव्र रूपमा निरन्ता दिएको छ ।

यो पनि पढ्नुहोस्

भारतले नेपाललाई कोभ्याक्समार्फत ७ लाख २५ हजार खाेप दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !